सुटिङ सेटमा अभिनेताको मृत्यु
मलयालम अभिनेता तथा डबिङ कलाकार प्रबिश चक्कललक्कलको केरलको कोच्चिमा एक फिल्मको सेटमा मृत्यु भएको छ । ४४ वर्षीय प्रबिश कथित रुपमा युट्युब च्यानल कोचिन कलेजका लागि सुटिङ गरिरहेका थिए, त्यति नै बेला उनी अचानक सेटमा लडे र उनको मृत्यु भयो ।
उनका सहयोगीले उनको मृत्युबारे पुष्टि गर्दै भने, ‘अभिनेताले सेटमा आफ्नो काम पूरा गरे, ग्रुपसँग एक तस्बिर खिचे र त्यसपछि उनी भुइँमा लडे ।‘अभिनेताले सेटमा आफ्नो काम पूरा गरे, ग्रुपसँग एक तस्बिर खिचे र त्यसपछि उनी भुइँमा लडे ।’
जानकारीका अनुसार प्रबिश सेटमा लड्दा एक भिडियोग्राफरसँग पानी मागे । उनलाई तुरुन्त पानी दिइयो । यसैबीच उनको खल्तीमा कारको चाबी भेटियो जसा उनलाई अस्पताल पुर्याइयो । अस्पतालले उनलाई तत्काल मृत घोषित गरिदियो ।
प्रबिशले थुप्रै टेलि श्रृङ्खलामा काम गरेका छन् । डबिङ आर्टिस्टको रुपमा उनले थुप्रै चर्चित मलयालम फिल्ममा काम गरेका छन् । जसमा एब्रिड शाइनको ‘द कुंग फू मास्टर’ समावेश छ । प्रबिशका पिता, श्रीमती र छोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा
-
पेनाल्टी गोलमार्फत फ्रान्सलाई १–० को अग्रता, गोल्डेन बुटको दौडमा एम्बाप्पे अघि
-
फ्रान्स र पाराग्वेबिचको रोमाञ्चक भिडन्त जारी, पहिलो गोलको खोजीमा दुवै टोली
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
फ्रान्सलाई रोक्दै इतिहास रच्ने दाउमा पाराग्वे
-
ममतालाई घरमै पुगेर दिइयो नागरिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण