‘नक्कली प्रेस कार्ड’ छाप्ने एकजना आईसोलेशनमा, ३ जना धरौटीमा रिहा
काठमाडौं । नक्कली प्रेस कार्ड छापेको आरोपमा पक्राउ परेका ३ जना धरौटीमा छुटेका छन् । सो समूहका १ जनाचाहिँ कोरोना भाईरस पुष्टि भएपछि आइसोलेशनमा छन् । भदौ २२ मा तेह्रथुमका लक्ष्मण न्यौपाने, बर्दियाका श्रीराम खड्का, नवलपरासी घर भएका रमेश रेग्मी र राजेन्द्रराज भण्डारीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो ।
उनीहरुमध्ये ३ जना मंगलबार जनही १० हजार धरौटी बुझाएर रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) सोमेन्द्रसिंह राठौरले रातोपाटीलाई बताए । कोरानो संक्रमण पुष्टि भएका एकजनालाई साधारण तारेखमा रिहा गरिएको थियो । उनी अहिले आइसोलेशनमा छन् ।
पक्राउ परेका मध्ये एकजनाको कोरोना पोजेटिभ देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा परिक्षण गर्दा उनिहरुलाई पक्राउ गर्ने मध्येका दुईजना प्रहरीलाई कोरोना भाइरस देखिएको छ । संक्रमित असई र हवल्दारलाई प्रहरी अस्पतालको आईसोलेशनमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण