सभापति देउवाद्वारा महामन्त्री कोइरालाको शीघ्र स्वास्थ्यलाभको कामना
बिहीबार, ०१ असोज २०७७, १३ : ०६
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्री डा. शशाङ्क कोइरालाको स्वास्थ्य अवस्थाबारे नियमित चासो राख्नुका साथै शीघ्र स्वास्थलाभको कामना गरेका छन् । सभापति देउवाले महामन्त्री कोइराला चाँडै नै स्वस्थ भएर घर फर्कन पार्टीका तर्फबाट शुभेच्छा व्यक्त गर्नुभएको पार्टी कार्यालयले आज जनाएको छ ।
गत भदौ २३ गते कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएका महामन्त्री डा कोइराला ज्वरो आएपछि मङ्गलबार ओम अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ स्थितिमा क्रमिक सुधार भइरहेको पार्टी कार्यालयले जनाएको छ । ओम अस्पतालमा चिकित्सक टिमको संयोजन गरिरहेका डा.विश्वनाथ कोइरालाका अनुसार निमोनियाको स्थिति नियन्त्रण हुँदै गएको छ । साथै रेमडिसिभर औषधिको प्रयोगले उनको स्वास्थ्यलाई सहज बनाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजा ललितपुर पुग्दा मोटरसाइकल र्यालीसहित शक्ति प्रदर्शन गर्ने तयारी
-
उडिरहेको विमानको इन्जिनमा आगो लागेपछि...
-
कार्यदल बैठक निष्कर्षविहीन
-
नाममा विवाद भएपछि रणवीर कपूरको रामायणको नाम परिवर्तन
-
बैंगलुरुको अविस्मरणीय यात्रामा सन् २०१६ को झल्को
-
ब्रोइलर कुखुराको रोग मानिसमा लाग्न सक्ने तथ्यमा कुनै सत्यता छैन : भेटेरिनरी एसोसिएसन