कलाकार पुजारीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम
काठमाडौं । हृदयघातका कारण निधन भएका द्धन्द कलाकार सुरेशसिंह पुजारीको १३ औँ दिनको पुण्य तीथिमा श्रद्धाञ्जली कार्यक्रम आयेजना गरिएको छ । बिहीवार भोटेवहालस्थित सुरेशकै निवासमा आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रममा फिल्मकर्मी तथा उनका साथीभाईले सुरेशप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
कार्यक्रममा फिल्मकर्मीहरु रमेश उप्रेतीले राजेन्द्र खड्गी, धिरेन शाक्य, उमेश खड्का, राजकुमार राई, सुर्य थोकर, पुस्कर लामा, पुरुषोत्तम प्रधान, एनबी महर्जनलगायतको सहभागिता भएका थिए । ५४ वर्षीय पुजारी झन्डै ३ दशकदेखि द्वन्द्व कलाकारिताको क्षेत्रमा सक्रिय रहँदै आएका थिए । एक मिनेट मौन धारण गरि सुरु भएको कार्यक्रम कोरोना भाईरसको जोखिमलाई ध्यानमा राख्दै आधा घण्टामा समापन गरिएको थियो ।
पुजारीको गत भाद्र २० गते राजधानीको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । फिल्म नाताबाट कलाकारिता सुरु गरेका शुरेशले द्धन्द निर्देशक राजेन्द्र खड्गीको नेतृत्वमा रहेर करिब ३ सय फिल्ममा अभिनय गरेका थिए । उनले २०६५ सालमा फिल्म रणसंग्राम निर्माण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण