काठमाडौंमा यसरी हुँदैछ ढलबाट कोरोना परीक्षण
काठमाडौं । बिहानीको हावामा आउने कडा गन्ध बेवास्ता गर्दै अनुसन्धानकर्ताहरु काठमाडौंका नदीको ढलबाट नमुना संकलन गर्न जुटेका छन् । यसलाई खर्च कटौतीको माध्यमका रुपमा हेरिएको छ । विश्वभर कोरोना संक्रमितहरुको संख्या निरन्तर बढिरहेको अवस्थामा धेरै देशहरुले कुन समुदाय संक्रमणको चपेटामा छ भनेर पत्ता लगाउन ढलको पानीमार्फत कोरोना पहिचान गर्ने उपाय अबलम्बन गरेका हुन् । स्रोत–साधनको अभाव झेलिरहेको नेपालमा ढल परीक्षण भाइरसविरुद्ध लड्न सस्तो हतियार बन्नसक्ने सरोकारवालाहरु बताउँछन् ।
‘जब परीक्षण र स्क्रिनिङका लागि उपलब्ध स्रोतहरु तपाईसँग सीमित मात्रै छ, त्यस्तो अवस्थामा हटस्पट पहिचान गर्न यो सहज र सस्तो बाटो हो,’ यस विधीको अनुसन्धानमा सक्रिय मोलेकुलर डायनामिक्स नेपालका सह–संस्थापक दिवेस कर्माचार्यले भने, ‘ढलमार्फत हटस्पट पहिचानपछि तपाई त्यहाँ गएर बिस्तारमा चेकजाँच गर्नसक्नुहुन्छ ।’
फोहोरमार्फत रोग पत्ता लगाउने काम कर्माचार्यको संस्थाले पहिलेदेखि नै गर्दै आएको छ । यस संस्थाले अमेरिकाका मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीसँग मिलेर २०१८ मा फोहोर पानीमार्फत टाइफाइड पहिचान गरेको थियो ।
गत जुनमै यस संस्थाले कोभिड–१९ का लागि काठमाडौंमा ढलको नमुना परीक्षण सुरु गरेको थियो । त्यसक्रममा चारमध्ये दुई स्थानमा संक्रमण देखिएको थियो ।
भर्खरै लकडाउन खुकुलो भएयता नेपालमा संक्रमण बढिरहेको छ । दैनिक १ हजारभन्दा धेरै संक्रमितहरु देखिइरहेका छन् । नेपालमा ५९ हजारभन्दा धेरैमा कोरोना पुष्टि भइसकेको छ भने ३ सय ८३ जनाको यहि कारण ज्यान गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण