असोज ५ देखि पूर्ण क्षमतामै आन्तरिक उडान सुचारु हुने
काठमाडौं – असोज ५ देखि बायु सेवा कम्पनीहरूले पूर्ण क्षमतामा उडान सुचारु गर्ने भएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार पूर्ण क्षमतामा आन्तरिक उडान संचालन गर्न अनुमति दिने निर्णय गरेको हो। शुक्रबार मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै असोज ५ गतेदेखि नियमित उडान गर्न भनेको हो।
वायुसेवा संचालकहरूले ५० प्रतिशत मात्रै यात्रु राखेर उडान गर्न नसक्ने अडान लिएपछि मन्त्रालयले पुरानो निर्णय सच्चाउँदै पूर्ण क्षमतामा जहाज उडाउन अनुमति दिएको हो।पर्यटन सचिव सचिव केदार बहादुर अधिकारीले उपलब्ध यात्रु बोक्न पाउने गरी उडान भर्न वायु सेवा संचालकलाई अनुमति प्रदान गरिएको अन्नपूर्ण अनलाइनसँग बताए।
मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई असोज पाँच गतेदेखि नियमित उडान गर्ने वायुसेवा कम्पनीलाई २५ प्रतिशत उडान संख्या कायम गर्ने गरी समय तालिका स्वीकृत गर्न निर्देशन दिएको जनाएको छ।
कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि भएको लकडाउन र निषेधाज्ञापछि विभिन्न क्षेत्र खुल्न थालेपछि मन्त्रालयले शुक्रबार शतप्रतिशत क्षमतामै उडान गर्ने निर्णय गरेको हो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण