पुरानै प्रतिनिधिबाट महाधिवेशन गर्न वरिष्ठ नेता पौडेलको प्रस्ताव
काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३औं महाधिवेशनमा कायम प्रतिनिधिबाटै आगामी १४औं महाधिवेशन गर्न सकिने प्रस्ताव अघि सारेका छन् । क्रियाशील सदस्यता वितरण र नवीकरणको म्याद सुरु नहुँदै प्रभावित भएपछि वरिष्ठ नेता पौडेलले तोकिएकै मितिमा महाधिवेशन गर्न यस्तो प्रस्ताव अघि सारेका हुन् । पौडेलले सो प्रस्ताव केन्द्रीय समिति बैठकमा समेत लैजाने तयारी गरेका छन् ।
‘महाधिवेशन नहुने अवस्था सिर्जना हुँदै छ, म्याद सकिएपछि पार्टीमा को सभापति ? कसलाई मान्ने ? त्यो अवस्था आउन दिनुहुन्न । बरु १३औं महाधिवेशनकै प्रतिनिधि कायम गरेर भए पनि महाधिवेशन समयमा नै गरौं,’ कांग्रेस वरिष्ठ नेता पौडेलले आइतबार एक भर्चुअल कार्यक्रममा भने ।
पौडेलले विधि र विधानलाई बचाउन पनि निर्धारित मितिमा नै महाधिवेशन गरिनुपर्नेमा जोड दिए । उनले सभापति शेरबहादुर देउवा कुनै हालतमा तोकिएको मितिमा महाधिवेशन नगर्ने पक्षमा उभिएको बताए । ‘विधि र विधान बचाउन पनि निर्धारित मितिमा महाधिवेशन गरौं भन्ने मेरो चाहना हो तर सभापति नै निर्धारित मितिमा महाधिवेशन होस् भन्ने पक्षमा हुनुहुन्न,’ पौडेलले थपे ।
महाधिवेशन नगर्ने मनसायबाटै केही जिल्लामा पार्टीको संरचना समायोजन अड्काइएको र क्रियाशील सदस्यता फाराम पठाउनसमेत बखेडा झिकिएको पौडेलले आरोप लगाए । पौडेलले पछिल्लो समय विभिन्न विभागमा धमाधम मनोनीत भएकाहरू फागुनपछि कुन भूमिकामा रहने भन्ने प्रश्न पनि गरेका छन् । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण