श्रद्धा कपुर र अली खानलाई नारकोटिक्स ब्यूरोले सोधपुछ गर्न सक्ने, रियाले दुबैको नाम लिएको दाबी
सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा जोडिएको ड्रग्स केसमा नायिका श्रद्धा कपुर र सारा अली खानलाई यसैहप्ता सोधपुछका लागि बोलाउने सम्भावना छ । मिडिया रिपोर्ट अनुसार नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले दुबैजनालाई समन पठाउन सक्नेछ । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले सोधपुटमा श्रद्धा र साराको नाम लिएको बताइन्छ । एनसीबीले रियालाई दुई दिनको सोधपुछपछि सेप्टेम्बर ८ तारिखमा पक्राउ गरेको थियो । उनी मुम्बईको भायखला जेलमा छिन् ।
ड्रग्स केसमा रियासमेत २० जना पक्राउः
रियाको जमानतको आग्रह दुई पटक खारेज भइसकेको छ । उनले सुशान्तका लागि ड्रग्सको बन्दोबस्त गरिदिने आरोप छ । ड्रग्स केसमा एनसीबीले रिया र उनका भाइ शोविकसमेत हालसम्म २० जनालाई पक्राउ गरेको छ । यसमा सुशान्तका कर्मचारी र लागुऔषध कारोबारी पनि समावेश छन् । सुशान्त केसमा ड्रग्सको कनेक्सनको खुलासा रियाको ह्वाट्सएप च्याट सार्वजनिक भएपछि भएको हो । च्याटमा ड्रग्स खरिद गर्नेबारे कुरा गरिएको थियो ।
रियाले एनसीबीलाई २५ सेलिब्रिटीको नाम बताएको रिपोर्टमा दाबीः
मिडिया रिपोर्टका अनुसार रियाले श्रद्धा र सारासमेत बलिउडका २५ सेलिब्रिटीको नाम एनसीबीलाई बताएकी छिन् । उनीहरुमाथि ड्रग्स लिएको वा ड्रग्सको नेटवर्कसँग जोडिएको आरोप छ ।
सुशान्तकी पूर्व म्यानेजरसँग आज सोधपुछः
नायककी पूर्व म्यानेजर श्रुती मोदी र ट्यालेन्ट म्यानेजर जया साहालाई एनसीबीले आज सोधपुछका लागि बोलाएको छ । गत हप्ता एनसीबीको एक समूहका सदस्यमा कोरोना पोजेटिभ देखिएपछि श्रुती र जयासँग सोधपुछ हुन सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण