‘रेड वाईन’ मा पल र साम्राज्ञी
काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको रोमान्स फिल्म ‘रेड वाईन’ मा रहने भएको छ । ‘रेड वाईन’ रमेश एमके पौडेलको निर्देशनमा बन्न लागेको फिल्म हो । पौडेलले यसअगाडि ‘रूद्रप्रिया’ र ‘रज्जा रानी’ फिल्म निर्माण गरेका थिए । निर्देशनमा भने पौडेलेको यो डेब्यु फिल्म हो ।
अमेरिकामै सम्पूर्ण छायाँकन हुने बताइएको फिल्म बिशुद्द प्रेमकथामा निर्माण हुन लागेको हो । यसै फिल्ममार्फत पहिलोपटक पल र साम्राज्ञी जोडीको रुपमा देखिन लागेका हुन् । फिल्ममा कथा, गीत समेत निर्देशक पौडेलकै रहेको छ ।
फिल्ममा पल र साम्राज्ञीको अलवा सन्दिप क्षेत्री र अमेरिकामा बसोबास गर्ने इमिली लामा लगायतको मुख्य भूमिका रहेको छ । पासाङ लामा र आर्यन पौडेल निर्माता रहेको फिल्मको सह निर्मातामा निरू भण्डारी हुन् । आर्यन फिल्मस् प्रोडक्शन प्रालि र बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुने फिल्मको पटकथा र सम्वाद सबिर श्रेष्ठले लेखेका छन् । दशैं र तिहारको बीचमा फिल्मको पुरै छायाँकन अमेरिकामा हुने बताइएको छ । तस्बिर: बिनोद पोखरेल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण