पाकिस्तानी प्रधानमन्त्री खानविरुद्ध मोर्चाबन्दी
एजेन्सी । पाकिस्तानमा प्रधानमन्त्री इमरान खानको विरुद्धमा विपक्षी दलहरु एकजुट भएका छन् । उनीहरुले खानविरुद्ध आन्दोलन गर्ने तयारीसहित विपक्षी गठबन्धन पनि बनाएको घोषणा गरेका छन् । उनीहरुले खानले तत्काल प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । विपक्षी दलहरुको सर्वदलीय सम्मेलनमार्फत् आइतबार २६ बुँदे संयुक्त सम्झौता पत्र पनि सार्वजनिक गरेका छन् ।
सर्वदलीय सम्मेलनमा पाकिस्तान पिपल्स पार्टी (पिपिपि), पाकिस्तान मुस्लीम लिग नवाज, जमैत उलेमा ए इस्लाम पजललगायतका पार्टीहरु सहभागी भएका थिए । गठबन्धनमा आबद्ध दलहरुले संयुक्त बैठकपछि संयुक्त पत्रकार सम्मेलन गरेर सम्झौतापत्र सार्वजनिक गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा जेयुएल एफका प्रमुख मौलाना फजल उर रहमानले सम्झौतापत्र बाचन गर्दै आन्दोलन र गठबन्धनका बारेमा जानकारी दिएका थिए । गठबन्धनको नाम पाकिस्तान लोकतान्त्रिक आन्दोलन राखिएको छ । उनीहरुले देशव्यापी आन्दोलन तथा प्रदर्शनहरु गर्ने तय गरेका छन् । आन्दोलन अक्टोबरदेखि हुने नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री खानले गलत कुरालाई स्थापित गर्न खोजेको, निर्वाचनमा प्रभावमा शक्तिको दुरुपयोग गरेको लगायतका आरोपहरु उनीहरुले लगाएका छन् । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पूर्व क्रिकेटर तथा भ्रष्टाचार विरोधी अभियन्ता खानले सरकार बनाएको सुरुका दिनमा निकै लोकप्रियता हासिल गरेका थिए । उनको बारेमा विश्वका अन्य देशहरुले समेत प्रशंसा गर्ने गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण