पाकिस्तानी प्रधानमन्त्री खानविरुद्ध मोर्चाबन्दी
एजेन्सी । पाकिस्तानमा प्रधानमन्त्री इमरान खानको विरुद्धमा विपक्षी दलहरु एकजुट भएका छन् । उनीहरुले खानविरुद्ध आन्दोलन गर्ने तयारीसहित विपक्षी गठबन्धन पनि बनाएको घोषणा गरेका छन् । उनीहरुले खानले तत्काल प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । विपक्षी दलहरुको सर्वदलीय सम्मेलनमार्फत् आइतबार २६ बुँदे संयुक्त सम्झौता पत्र पनि सार्वजनिक गरेका छन् ।
सर्वदलीय सम्मेलनमा पाकिस्तान पिपल्स पार्टी (पिपिपि), पाकिस्तान मुस्लीम लिग नवाज, जमैत उलेमा ए इस्लाम पजललगायतका पार्टीहरु सहभागी भएका थिए । गठबन्धनमा आबद्ध दलहरुले संयुक्त बैठकपछि संयुक्त पत्रकार सम्मेलन गरेर सम्झौतापत्र सार्वजनिक गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा जेयुएल एफका प्रमुख मौलाना फजल उर रहमानले सम्झौतापत्र बाचन गर्दै आन्दोलन र गठबन्धनका बारेमा जानकारी दिएका थिए । गठबन्धनको नाम पाकिस्तान लोकतान्त्रिक आन्दोलन राखिएको छ । उनीहरुले देशव्यापी आन्दोलन तथा प्रदर्शनहरु गर्ने तय गरेका छन् । आन्दोलन अक्टोबरदेखि हुने नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री खानले गलत कुरालाई स्थापित गर्न खोजेको, निर्वाचनमा प्रभावमा शक्तिको दुरुपयोग गरेको लगायतका आरोपहरु उनीहरुले लगाएका छन् । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पूर्व क्रिकेटर तथा भ्रष्टाचार विरोधी अभियन्ता खानले सरकार बनाएको सुरुका दिनमा निकै लोकप्रियता हासिल गरेका थिए । उनको बारेमा विश्वका अन्य देशहरुले समेत प्रशंसा गर्ने गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुल बसमा आगजनीप्रति भरतपुर महानगरको आपत्ति
-
रवि प्रकरण : बागमती प्रदेश सभा पनि ठप्प पार्ने कांग्रेसको चेतावनी, बचाउमा एमाले
-
मन्त्रालयको टुङ्गो नलागेपछि रञ्जुले लिइनन् शपथ
-
विभिन्न भिसामा विदेश गएर काम गरिरहेकाहरूलाई अब ‘वैधानिकीकरण श्रम स्वीकृति’
-
नेपालले आफ्नै रु पे कार्ड ल्याउँदैछ : गभर्नर
-
राष्ट्र बैंकद्वारा भुक्तानी सेवा प्रदायक इ–नेट पेमेन्टको लाइसेन्स खारेज