एनएमबिले जारी गर्यो कर्पोरेट क्रेडिट कार्ड, कसरी लिने ?
काठमाडौं । एनएमबि बैंकले कर्पोरेट क्रेडिट कार्ड जारी गर्ने पहिलो नेपाली बैंकको रुपमा प्राथमिकता तय गरेको छ । बैंकले एनएमबि बैंक भिजा कर्पोरेट क्रेडिट कार्ड प्रस्तुत गरेको छ जुन व्यवसायीक संगठन र कर्पोरेट घरानाहरूको अनुरोधमा जारी हुनेछ ।
यो कार्ड मुख्यतया व्यवसायसँग सम्बन्धित खर्चहरु जस्तै व्यवसाय प्रवद्र्घन, तालिम, ग्राहक संलग्नता, मार्केटिङ्ग र व्यवसाय संग सम्बन्धित अन्य खर्चहरुको ब्यवस्थापन गर्न प्रयोग गर्न सकिन्छ । एक भन्दा बढी क्रेडिट कार्डहरू एउटै संस्थाको व्यक्तिहरुको लागि फरक क्रेडिट सीमाका साथ जारी गर्न सकिन्छ । प्रत्येक संगठनको क्रेडिट सीमा उक्त संगठनको आवश्यकता अनुरुप निर्धारण गरिनेछ ।
बैंकले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘एनएमबी बैंक भिसा कर्पोरेट क्रेडिट कार्ड वित्तीय बजारमा विशुद्घ नयाँ प्रस्तुति हो र हामी विश्वस्त छौं कि यसले हाम्रा ग्राहकहरूलाई कर्पोरेट र व्यवसायिक संगठनहरूमा वहाँहरूको व्यवसायसँग सम्बन्धित खर्चहरू अझ राम्रोसँग व्यवस्थापन गर्न सक्षम गर्नेछ । हाम्रा सेवाहरूमा मूल्य र मान्यता सहित ग्राहकको अनुभव अभिवृद्धि गर्नु हाम्रो मुख्य उद्देश्य हो र हामी आफ्नो ब्राण्ड अनुभव शसक्त बनाउनका लागि अन्वेषण गर्ने क्रममा सदैव तत्पर छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा ढाका महोत्सव सुरु
-
निःसन्तान दम्पतिलाई हार्दिक आईभीएफमा अब १ लाख ९९ हजारमै आईभीएफ सेवा
-
सुकेधाराको डान्स बारमा लुटपाट, ५ जना पक्राउ
-
उपेन्द्र यादवलाई अर्को झट्का, दीपेन्द्र झाले दिए राजीनामा
-
‘लन्डन टु पेरिस’को गीत : साम्राज्ञी, निश्चल र गरिमाको त्रिकोणात्मक प्रेम
-
ललितपुर मेयर महिला टी–२० क्रिकेट : एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबिच उपाधि भिडन्त