पूनम पाण्डेको उजुरीमा श्रीमान् श्याम बम्बे गोवाबाट पक्राउ, १२ दिन अघि भएको थियो विवाह
मोडल तथा नायिका पूनम पाण्डेको उजुरीमा गोवा प्रहरीले उनका श्रीमान् श्याम बम्बेलाई पक्राउ गरेको छ । पूनमले स्यामविरुद्ध उत्पीडन र कुटपिटको मुद्दा दर्ता गरेकी छिन् । यी दुईले १२ दिन अघि मात्रै विवाह गरेका थिए ।
मिडिया रिपोर्टमा गोवा प्रहरीलाई उद्धृत गर्दै घटना दक्षिण गोवाको कानाकोना गाउँमा भएको बताइएको छ जहाँ पूनम पाण्डे एक फिल्मको सुटिङ गरिरहेकी थिइन् । एएनआईको ट्वीट अनुसार दक्षिण गोवाका एसपी पंकज कुमार सिंहले यसको पुष्टि गरेका छन् । यस्तै मिडिया रिपोर्टमा कानाकोना प्रहरी स्टेशनमा इन्सपेक्टर तुकाराम चव्हाणलाई उद्धृत गर्दै पुनमले उत्पीडन, कुटपिट र हत्याको धम्की पाएको भन्दै उजुरी दिएको जानकारी दिइएको छ । श्यामलाई पक्राउ गरिएको छ । गिरफ्तारीपश्चात् उनको मेडिकल परीक्षण गरिएको छ ।
Goa: Canacona Police today arrested Sam Bombay, husband of actress Poonam Pandey for molesting, assaulting and threatening to kill her, says South Goa SP Pankaj Kumar Singh
— ANI (@ANI) September 22, 2020
स्मरण रहोस्, पूनम पाण्डेले १० सेप्टेम्बरमा सोसल मिडियामार्फत् श्यामसँग आफ्नो विवाहको घोषणा गरेकी थिइन् । दुबैले विवाहको तस्बिर सोसल मिडियामा पोस्ट गरेका थिए । विवाहमा उनीहरुका नजिकका आफन्तलाई मात्रै बोलाइएको थियो । पूनमले जुन तस्बिर सेयर गरेकी थिइन् त्यसमा लेखेकी थिइन्, ‘तिमीसँग सात जन्म बिताउने आशामा ।’
उनीहरुल हनिमूनका लागि पनि गएका थिए । केही तस्बिरमा पूनमले यसलाई उत्कृष्ट हनिमून बताएकी थिइन् । यसै वर्ष जुलाईमा पूनम र स्यानले इन्गेजमेन्टको घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण