क्यासवे मनी ट्रान्सफर नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध
काठमाडौं । क्यासवे मनी ट्रान्स्फरले नेशनल पेमेन्ट इन्टरफेसको प्रयोग गरी रेमिट्यान्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ ।
यो व्यवस्थासँगै क्यासवे मनी ट्रान्स्फरका कम मुल्यका रेमिट्यान्स भुक्तानी कारोबारहरु कनेक्ट आइपीएस ई–पेमेन्ट प्रणालीमार्फत रियल टाइममा र अन्य रेमिट्यान्स भुक्तानी अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल–आईपीएसमार्फत तोकिएको समयसीमामा मध्य गर्न सक्नेछन् । हाल क्यासवे मनी ट्रान्सफरले रेमिट्यान्सको भुक्तानी मेगा बैंक लिमिटेडमार्पmत गर्नेछ । यस साझेदारीले बैंक खातामा आधारित रेमिट्यान्सको लागि क्यासवे मनी ट्रान्स्फरको सेवा प्रवाहमा निकै सुधार ल्याउने अपेक्षा गरिएको छ ।
नेशनल पेमेन्ट्स इन्टरफेस नेपाल क्लियरिङ्ग हाउसका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरी सञ्चालनमा रहेको छ । यसमा हाल८भन्दा बढि रेमिट्यान्स कम्पनीहरु समावेश छन् भने अन्य ४१ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन् । पिएसपी÷पिएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका यी सदस्यहरुले आफ्नो बैंक खातामार्फत् एनपीआईको सेवा प्रयोग गर्ने गरेका छन् ।
क्यासवे मनी ट्रान्सफर नेपाल भरी भरपर्दो रेमिट्यान्स नेटवर्कमार्फत रेमिट्यान्स सुविधा दिँदै आएको मनी ट्रान्सफर कम्पनी हो । नेपालका बैंकिङ्ग तथा रेमिट्यान्स क्षेत्रका विज्ञहरुद्वारा स्थापना गरिएको यस मनी ट्रान्स्फरले विदेशमा रहेका नेपालीहरुलाई सस्तो र भरपर्दो रुपमा नेपालमा पैसा पठाउने सेवा प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण