प्रदेश २ का मन्त्रीले गरे सरकारी गाडी दुरुपयोग
जनकपुर । प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले सरकारी गाडी दुरुपयोग गरेको पाइएको छ । छोरा शैलेशकुमार साहलाई कोरोना संक्रमण भएको पुष्टि भएलगत्तै उनले काठमाडौंको सुविधासम्पन्न अस्पतालमा उपचार गराउन लैजान मन्त्रालयको गाडी दुरुपयोग गरेको पाइएको हो । प्रादेशिक अस्पताल जनकपुरमा भेन्टिलेटरको अभावका कारण उनको उपचार हुन नपाएपछि मन्त्रालयकै गाडीमार्फत शैलेशलाई काठमाडौं पुर्याएका थिए ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुखसमेत रहेका शैलेशकुमार मन्त्रालयको गाडी प्रयोग गरेर काठमाडौं पुगेका छन् भने बिरामीसँग जाने स्वास्थ्यकर्मीको टिम एम्बुलेन्समा गएको श्रोतले जनाएको छ ।
मंगलवार नै कोरोना पोजेटिभ पुष्टि भएका शैलेसलाई ज्वरो र श्वाँस प्रश्वासमा समस्या भएपछि जनकपुरधामस्थित प्रादेशिक कोभिड १९ विशेष अस्पतालमा उपचार भइरहेको थियो । तर मंगलवार उनलाई निमोनिया सहितको थप समस्या देखिएपछि काठमाडौं रेफर गरिएको थियो ।
अस्पताल श्रोतकाअनुसार बुधबार बिहान १२ बजे नै रेफर गरिएपनि भेन्टिलेटरसहितको एम्बुलेन्स नपाएपछि मन्त्रालयको गाडीमै उनलाई काठमाडौं पठाइएको हो । जनकपुरमा एम्बुलेन्स त पाइयो, तर उक्त एम्बुलेन्स आरामदायी नभएका कारण शैलेश जान मानेनन् । अन्ततः बुधबार बेलुका मन्त्री साहले मन्त्रालयकै गाडीबाट उनलाई काठमाडौं पठाएको सामाजिक विकास मन्त्रालयका एक कर्मचारीले जानकारी दिए ।
प्रत्यक्षदर्शीकाअनुसार मन्त्रीका छोरा बसेको सेतो प्लेटको स्कार्पियो गाडी र एम्बुलेन्ससहित थप दुईवटा मन्त्रालयका गाडी पनि काठमाडौं पठाइएको छ । एक एम्बुलेन्स चालककाअनुसार धनुषामा रहेका एम्बुलेन्समध्ये २ वटा एम्बुलेन्सलाई दैनिक रुपमा कोरोना संक्रमित बिरामी बोक्नका लागि तयारी अवस्थामा राखिएको छ । तर ती एम्बुलेन्समा मन्त्रीका छोरा जान नमानेपछि मन्त्रालयको गाडीमार्फत पठाइएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण