अविरल वर्षाका कारण एक दर्जन घरमा क्षति, ५ जना घाइते
बुटवल – रुपन्देहीमा भीषण वर्षाले विभिन्न स्थानमा एक दर्जन घरमा क्षति पुर्याएको छ भने ५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खड्काले दिएको जानकारी अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालीका, देवदह तिलोत्तमा, मर्चवारी गाउँपालिका र सम्मरीमाई गाउँपालिका बिभिन्न स्थानमा कम्ची घरहरुमा क्षति भएको छ । केही स्थानमा बस्तीहरु डुबानमा परेका छन् भने केही घर बाढीले बगाएको छ ।
तिलोत्तमा नगरपालिकामा बाढीले तीन वटा घर बगाएको छ । तिलोत्तमा नगरपालिका ११ गणेशनगरका धन बहादुर सार्कीको टिनले छाएको कच्ची घर र बुङगुरको खोर बगाएको छ भने सोही ठाउँका रघुबिर दमाईको टिनले छाएको कच्ची घर र मेन बहादुर रुचालको टिनले छाएको कच्ची घर बगाएको बगाएको छ ।
यस्तै, लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १३ वडउलिया स्थित बलिराम हरीजन को एक तले एक कोठे खरले छाएको कच्ची घर अबिरल बर्षाका कारण भत्किन जाँदा २६ वर्षकी कुसुम हरीजनको दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
यस्तै देवदह नगरपालिका–१० रम्बादेवीटोल स्थितमा चरंगे खोलाको किनार रहेका एक घर बाढीले बगाएको प्रहरीले जनाएको छ भने वर्षाले मर्चवारी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा पनि क्षति पुर्याएको छ ।
मर्चवारी गा.पा. ७ मन्झरिया बस्ने बर्ष ३० को धरमेन्द्र चामरको टिनले छाएको घरको उत्तर तर्फ देवाल भत्केको प्रहरीले जनाएको छ । सोही ठाउँमा बर्ष ७० को असुरुल्ला फकिर, अबले रहमद फकिर, निवास नाउ, युनेस फकिरको कच्चि घरका पनि भत्केको प्रहरीले जनाएको छ । यस्तै, सम्मरिमाई ५ देबन्डि बस्ने बर्ष ४० कि पर्बावति मल्लाहाको टिन र फलामको डण्डिले बनाएको घरको दक्षिणतर्फ राखिएको इट्टा भत्कदाँ ४ जना घाईते भएका छन् । उनीहरुको भिम अस्पताल भैरहवा उपचार भईरहेको छ ।
((
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण