कोरोना महामारीका बीच दाङमा सवा तीन अर्ब राजश्व सङ्कलन
कोरोना महामारीको समयमा पनि दाङमा सवा तीन अर्ब राजश्व सङ्कलन भएको छ । जिल्लाका सङ्घ, प्रदेशअन्तर्गतका कार्यालयहरु र स्थानीय तहमा सो राजश्व सङ्कलन भएको हो ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आर्थिक वर्ष २०७६÷७७ को साउन मसान्तसम्म यी कार्यालयहरुले रु तीन अर्ब १६ करोड राजश्व सङ्कलन गरेका छन् । तीमध्ये सबैभन्दा धेरै आन्तरिक राजश्व कार्यालयले रु दुई अर्ब १० करोड राजश्व सङ्कलन गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
ती मध्ये सङ्घ सरकारअन्तर्गत रहेका कार्यालयहरुले रु दुई अर्ब ५४ करोड बढी राजश्व सङ्कलन गरेका छन् भने प्रदेश सरकारअन्तर्गतका कार्यालयहरुले रु ६२ करोड १६ लाख राजश्व सङ्कलन गरेका छन् ।
कार्यालयका अनुसार दाङमा जिल्ला अदालत, घोराही उपमहानगरपालिका, प्रगन्ना तथा बड्का पथ सिँचाइ आयोजना, जिल्ला ट्राफिक कार्यालय, नापी कार्यालय र मालपोतलगायतले सबैभन्दा धेरै राजश्व सङ्कलन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण