सोधपुछ भइराख्दा दीपिका तीनपटक रोइन्ः अधिकारीले हात जोडेर भने, ‘रुनुको साटो वास्तविकता बताउनुहोस्’
शनिबारको दिन बलिउडका तीन अभिनेत्रीका लागि निकै भारी रह्यो । एकातिर नारर्कोटिक्स सेन्ट्रल ब्यूरो (एनसीबी) ले एक्सन मोडमा दीपिका–सारा–श्रद्धासँग लगातार सोधपुछ गर्यो भने अर्कोतर्फ दीपिका–सारा–रकुलको मोबाइल जफतसमेत गर्यो ।
भारतीय मिडियाले आफ्नो एक समाचारमा सोधपुछका क्रममा दीपिका तीनपटक रोएको बताएको छ ।
एनसीबी अधिकारीले दीपिकालाई हातै जोडेः
स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले बताएको छ, ‘दीपिकासँग सवाल जवाफ भइरहेका बेला दीपिका तीनपटक रोएकी थिइन् । यो देखेपछि एनसीबीका अधिकारीले उनलाई इमोशनल कार्ड नखेल्न सल्लाह दिएका थिए । एनसीबीका अधिकारीले हातै जोडेर उनलाई रुनुको साटो वास्तविकता बताइदिन आग्रह गरे । दीपिकाले सबैकुरा साँचो बोलेमात्रै उनको लागि राम्रो हुने बताइयो ।’
एनसीबीले दीपिकाको मोबाइल पनि जफत गरेका छन् त्यसैले अब एनसीबीको अनुसन्धान त्यसै दिशामा अघि बढ्ने स्रोतले बताएको छ । दीपिकाको लागुऔषध कारोबारीसँग कस्तो किसिमको सम्पर्क थियो भनेर पनि जान्ने कोसिस हुनेछ ।
यद्यपि, दीपिकाले आफूले ड्रग्सको सेवन गरेको भन्ने आरोप ठाडै अस्विकार गरेकी छिन् । उनले ड्रग्स ओसारपसार गरेको आरोप पनि अस्विकार गरेकी छिन् । यस्तोमा उनको मोबाइलबाट केही सुराग भेटिने अनुमान गरिएको छ ।
दीपिकाको स्विकारोक्तिः
साढे पाँच घण्टासम्म चलेको सोधपुछमा दीपिकालाई सुशान्त सिंह राजपूत वा रियासम्बन्धि केही पनि प्रश्न सोधिएन । एनसीबीको सबै ध्यान दीपिकाको करिश्मासँग ड्रग्सबारे गरिएको कुराकानीमा मात्रै केन्द्रीत थियो । च्याटमा जुन ड्रग्सबारे कुरा भइरहेको थियो, आफू त्यसको हिस्सा भएको उनले स्विकार गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण