पाकिस्तानको सिन्धमा सडक दुर्घटना, १३ जनाको मृत्यु
आइतबार, ११ असोज २०७७, १३ : ५५
सिन्ध । पाकिस्तानको सिन्ध प्रान्तमा भएको सवारी दुर्घटनामा कम्तीमा १३ जनाको ज्यान गएको छ । प्रहरी अधिकारीहरुका अनुसार कराँची–हैदराबाद राजमार्गमा शनिबार एउटा यात्रुबाहक भ्यान दुर्घटना भएको हो । भ्यानमा कम्तीमा २० जना सवार रहेको बताइएको छ ।
अर्को सवारी साधनलाई ठक्कर दिएपछि यात्रुबाहक भ्यान सडकभन्दा तल खोँचमा खसेको प्रहरीले जनाएको छ । भ्यानमा जडित सिएनजी सिलिन्डरमा आगो लागेर बिस्फोट भएका कारण ठूलो क्षति भएको प्रहरीको भनाई छ ।
प्रहरी उपरीक्षक नाजर मुहम्मद डिशाकका अनुसार आगोले धेरै व्यक्तिको शरीर नराम्रोसँग जलेको पाइएको छ । स्थानीय प्रहरीले भ्यानका चालक सहित सात जना बाँच्न सफल भएको जनाएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण