दक्षिण कोरियाली नागरिकको हत्या सम्बन्धमा संयुक्त छानविन टोली गठन गर्न सियोलको आग्रह
एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपतिको कार्यालय, ब्लू हाउसले आइतबार उत्तर कोरियालाई अन्तर कोरियाली समुद्री सिमाना नजिक दक्षिण कोरियाली नागरिकको हत्याको संयुक्त छानबिन गर्न आग्रह गरेको छ ।
राष्ट्रपतिको कार्यालयअन्तर्गत राष्ट्रिय सुरक्षा कार्यालयका उप–निर्देशक सु चू–सुकले सञ्चारकर्मीसँगको भेटमा भने, ‘दक्षिण कोरियाले उत्तर कोरियालाई सीमानामा मारिएका आफ्ना सरकारी अधिकारीको अनुसन्धान गर्न र घटनाको सत्यता द्रुत रूपमा प्रकट गर्न संयुक्त समिति बनाउन हामीले आह्वान गरेको छौँ ।’
सुले सञ्चार, छलफल र अनुसन्धानसँग सम्बन्धित जानकारीको आदानप्रदानका लागि अन्तर कोरियाली सैन्य हटलाइनहरू पुनः खोल्न पनि उत्तर कोरियासँग आग्रह गरिएको बताए । दुई देशले आ–आफ्नो क्षेत्रको पानीमा मृत व्यक्तिको लास खोज्ने वातावरण मिलाउन पनि उनले आग्रह गरे ।
दक्षिण कोरियाली सेनाले बिहीबार माछा पालक दक्षिण कोरियाली अधिकारीलाई अन्तर कोरियाली समुद्री सिमाना नजिक उत्तर कोरियाली सैनिकहरूले गोली हानी मारेका जानकारी सार्वजनिक गरेपछि प्योङयाङले ब्लू हाउसलाई शुक्रबार एउटा पत्र पठाएको थियो । जवाफमा दक्षिण कोरियाले पछिल्लो आग्रह गरेको हो ।
उत्तर कोरियाली केन्द्रीय समाचार संस्थाले प्योङयाङले खोजी अभियानको थालेको तर समूद्रमा आएका ठूला छालले मृत शरीरलाई दक्षिण पश्चिमतर्फ लगेको हुनसक्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण