‘लक्ष्मी पूजा’को यस्तो छ ‘जिन्दगी’ गीत
काठमाडौं । यही दशैँमा रिलिज हुने बताइएको फिल्म ‘लक्ष्मी पूजा’को गीत ‘जिन्दगी’बोलको गीत सार्वजनिक भएको छ । निर्माण युनिटले प्रचारप्रसारलाई ब्यापक दिन फिल्मको गीत रिलिज गरेको हो । गीतमा माण्डबी त्रिपाठीको स्वर तथा बिपिन आचार्यको संगीत रहेको छ ।
जाहान्वी बस्नेतको अभिनय रहेको गीतमा कोरियोग्राफी रामजी लामिछानेको रहेको छ । सलोन सलिना फिल्मस्को व्यानरमा बनेको समिर मियाँले निर्देशित फिल्मको निर्माता शोभित बस्नेत हुन् ।
फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहलगायतको अभिनय रहेको छ । फिल्ममा अभिनेता सलोन बस्नेत र अभिनेत्री रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् ।
फिल्ममा पारिवारिक प्रेमकथा र दशैं तिहारको परिवेश समेटिएको निर्माता शोभितले बताए । सरकारले दशैमा फिल्म क्षेत्र खेल्ने नखोल्ने अझै निस्चित गरेको छैन । निर्माता शोभित भने फिल्म दशैमा रिलिज गर्न प्रचार प्रसारमा जुटी सकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण