बिक्रमले ‘खोला खाल्सी हे माया’को आम्दानी बालआश्रमलाई दिने
काठमाडौं । गायक तथा शर्जक बिक्रमजंग शाहको नयाँ गीत ‘खोला खाल्सी हे माया’ सार्वजनिक भएको छ । गीत गायनमा शाहलाई गायिका सिर्जु अधिकारीले साथ दिएकी छन् । अमृत खातीको रहेको गीतमा शब्द गायक शाहकै रहेको छ ।
नेपाली मौलिक शैलीमा तयार भएको गीतको भिडियो समेत बनेको छ । जसमा बिक्रम जंग शाह, सिर्जु अधिकारी, सन्जिब ठकुरी, रिना थापा, रामकुमार नेपाली, सन्ध्या सानु, सुबास बजगाईं, उषा सुबेदी, बिनोद तामाङ्ग, ऋतु तामाङ्ग, राज गिरी, मालती घले, बिबस बस्नेत, वर्षा तामाङ्ग, गोबिन्द गौतम, सलिना कार्की, अमृत खाती र आशिका खाती लगायत दर्जन बढी कलाकारको अभिनय रहेको छ ।
काभ्रेको रमणिय स्थानहरुमा छायाँकन भएको भिडियो शिशिर बुढाथोकीले निर्देशन गरेका हुन् । गीतमा सागर गौतमको छायाँकन र मनोज कार्कीको सम्पादन रहेको छ ।
गीतको आम्दानी गायकले कलाकार सुलेमान शंकर (इकु)द्वारा संचालित स्नेहा बालआश्रमलाई उपलब्ध गराउने घोषणा समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण