भारतीय कलाकारको पैतृक घरलाई पाकिस्तानले संरक्षण गर्ने
एजेन्सी । पाकिस्तानको पेशावरमा रहेका दीलिपकुमार र राज कपूरका पैतृक घरहरु संरक्षण गर्ने फैसला पाकिस्तान सरकारले गरेको छ । हिन्दी फिल्मका यी दुई चर्चित कलाकारको जन्म पाकिस्तानका यी हवेलीमै भएको थियो ।
यद्यपि, अहिले यो खाली छ । पाकिस्तानको खाइबर पख्तुनख्वाई सुबेस्थित पुरातत्व विभागले सम्बन्धित विभागलाई दुई कलाकारको घर सरकारी नियन्त्रणमा लिएर संरक्षण गर्न आदेश दिएको हो ।
यी घरहरुमा संग्राहालय बनाउने र त्यहाँ यी कलाकारसँगै शाहरुख खानजस्ता अन्य चर्चित बलिउड अभिनेतासँग सम्बन्धित वस्तुहरुलाई संरक्षण र प्रदर्शनीमा राखिने योजना विभागले बनाएको छ । विभागले यसो गर्दा सांस्कृति पर्यटन प्रवद्र्धन हुने जनाएको छ । दीलिपकुमार नामले चर्चित मोहम्मद युसुफ खानको जन्म ११ डिसेम्बर १९२२ मा पेशावरस्थित यही घरमा भएका थियो ।
उनी १९३० मा आफ्नो परिवारसँगै बम्बई आएका थिए । १९८८ मा जब दीलिपकुमार पाकिस्तान भ्रमणमा गएका थिए, त्यतिबेला उनले पेशावर पुगेर आफ्नो घरको ढोकालाई चुम्बन गर्दै बाल्यकालको सम्झना मानिसहरुसँग बाँडेका थिए ।
त्यस्तै, कपूर हवेली पेशावरको दिलगन्रा इलाकामा छ । बलिउडमा धेरै सुपरस्टार जन्माउने कपूर खानदानको एउटा पुस्ता यही हवेलीमा जन्मिएको थियो । यो हवेली १९१८ देखि १९२२ सम्म बनाइएको थियो । राज कपूरको पनि यही हवेलीमा जन्म भएको थियो । भारत–पाकिस्तान विभाजनपछि उनको परिवार भारत आयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० औँ मिनेटमा अज्जेदिन औनाहीको गोल, क्यानडाविरुद्ध मोरक्को १-० ले अघि
-
१२ बजे १२ समाचार: नेतृत्व हस्तान्तरणमा अनिच्छादेखि मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’सम्म
-
क्यानडा–मोरक्को भिडन्त: पहिलो हाफमै आधा दर्जन पहेँलो कार्डको वर्षा
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण