चार दिनदेखि हराएका सुनचाँदी व्यवसायी मृत फेला
मङ्गलबार, १३ असोज २०७७, १६ : ५५
बुटवल । चार दिनदेखि हराइरहेका जिल्ला सुनचाँदी व्यवसायी संघ कपिलवस्तुका सचिव राघवेन्द्र बर्मा मृत अवस्थामा फेला परेका छन् । कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित खोरिया नजिक वाणगंगा नदी किनारमा उनको शव मंगलबार दिउँसो भेटिएको हो । उनको शव घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बर्मा सदरमुकाम तौलिहवामा व्यवसाय सञ्चालन गर्दै आएका थिए । शनिबार साँझ घरबाट उनी घुम्न भनी हिँडेका थिए । रातीसम्म घर नफर्केपछि उनका परिवारजनले खोज तलासका लागि सबैलाई अपिल गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण