बलिउड अभिनेत्री नुसरतलाई ज्यान मार्ने धम्की
मुम्बई । अभिनेत्री नुसरत जहानलाई ज्यान मार्ने धम्की मिलेको छ । दुर्गा भगवती अवतारमा तस्बिर सुट गरेको कारण उनलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिइएको हो । दुर्गा अवतारमा खिचिएको तस्बिर उनले इस्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन् । तस्बिरमा उनी हातमा त्रिशुल समाएर दुर्गा अवतारमा देखिएकी छन् । तस्बिर सार्वजनिक गरेपछि धार्मिक विभेदको आरोपको समेत सामना गरेकी उनको सोही कारणले आलोचना समेत सुरु भएको थियो ।
सामाजिक सञ्जालमा धेरैले उनलाई मार्ने धम्की दिएका छन् भने केहीले मुस्मिल विरोधीको आरोप लगाएका छन् । उनको दुर्गा अवतारलाई देखेर केहीले मृत्युको समय समेत आएको बताएका छन् । तस्बिरका कारण केही सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई शरीर ढाकेर किन हाँस्न नसकेको ? भनेर प्रश्न पनि गरेका छन् । एक प्रयोगकर्ताले उनलाई नाम नुसरत जहानबाट परिवर्तन गरेर नुसु दास, घोष अथवा सेन राख्न पनि सुझाएका छन् ।
अभिनेत्री नुसरतलाई यस अगाडि पनि यस्ता धम्की आउने गरेका थिए । किनभने मुस्मिल परिवारमा जन्मिए पनि उनले हिन्दू ब्यक्ति निखिल जैनसँग विवाह गरेकी थिइन् । अभिनेत्री नुसरत हालै फिल्म ‘स्वास्तिक संकेत’को सुटिङका लागि लन्डन उडेकी छन् । यो उनको करियरको २३ औं फिल्म हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० औँ मिनेटमा अज्जेदिन औनाहीको गोल, क्यानडाविरुद्ध मोरक्को १-० ले अघि
-
१२ बजे १२ समाचार: नेतृत्व हस्तान्तरणमा अनिच्छादेखि मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’सम्म
-
क्यानडा–मोरक्को भिडन्त: पहिलो हाफमै आधा दर्जन पहेँलो कार्डको वर्षा
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण