७ किलो अफिमसहित कपिलवस्तुबाट दुई जना पक्राउ
बुटवल । साढे ७ किलो अफिमसहित कपिलवस्तुबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले चेकजाँच गर्ने क्रममा मंगलबार कृष्णनगर नगरपालिका वडा नम्बर २ पिपलबोटको चेक प्वाइन्टबाट एक महिला र एक जना पुरुष अटो चालकलाई अफिमसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रहरीले चन्द्रौटाबाट कृष्णनगरतर्फ आउँदै गरेको लु १ ह १५७ नम्बरको अटोमा सवार रोल्पा जिल्ला कुलेरी गाँउपालिका १ कुरेली बस्ने ४९ वर्षकी सीता रोकालाई शंका लागि चेकजाँच गर्दा निजले बोकेर ल्याएको झोलाबाट साढे ७ किलो अफिम बरामद गरेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
चालकको सिट पछाडि अटोमा बसेकी उनले हातमा छोपेको लेडिज ब्यागमा २ केजी र पछाडि राखेको रेग्जिनको झोलामा रहेको साढे ५ केजी गरी सो परिमाणको अफिम भेटिएको हो । रोकासँगै प्रहरीले अटो चालक कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नम्बर ५ का २० वर्षीय सुशील क्षेत्रीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
यसअघि असोज ७ गते पनि कृष्णनगरबाट ३७ केजी चरेससहित दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण