शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

रुपन्देहीमा घाँटी रेटेर आत्महत्या प्रयास गरेका कोरोना संक्रमितको मृत्यु

बुधबार, १४ असोज २०७७, १९ : ५४
बुधबार, १४ असोज २०७७

रुपन्देहीमा घाँटी रेटेर आत्महत्या प्रयास गरेका कोरोना संक्रमित पुरुषको मृत्यु आज उपचारको क्रममा मृत्यु भएको छ ।  बुटवल उपमहानगरपालिका १० का ७६ वर्षीय पुरुषले हँसियाको सहायताले आफैंले घाँटी रेटेर आत्महत्याको प्रयास १२ गते गरेका थिए । उनको उपचारको क्रममा आज भैरहवाको युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार हुन नसकी सोही दिन युनिभर्सल मेडिकल कलेज भैरहवामा भर्ना गरिएको थियो ।मेडिकल कलेजमा उपचारका क्रममा पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको  थियो । यस अधि कोरोना कारणले रुपन्देहीमा आज उपचार गरेका दुई जनाको मृत्यु भएको  थियो ।

रुपन्देहीको देवदहका एक पूरुषको बुटवलस्थीत कोरोना अस्पतालमा र कपिलबस्तुको बुद्धुभुमि नगरपालिकी ५० बर्षीय महिलाको मेडिकल कलेज भैरहवा नै मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप