शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

कोरोनाबाट भैरहवाको युनिभर्सल शिक्षण अस्पतालमा थप एकको मृत्यु

बिहीबार, १५ असोज २०७७, १५ : १२
बिहीबार, १५ असोज २०७७

रुपन्देहीमा आज थप एक जना कोरोना संक्रमितको पुरुषको मृत्यु भएको छ ।

रुपन्देहीको सिद्धार्थनगर नपा–१ बेलहिया निवासी ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा आज विहान ११ बजे मृत्यु भएको अस्पतालमा सूचना अधिकारी सुशिल गुरुङले रातोपाटीलाई जानकारी दिए ।

उनी १२ गते अस्पतालमा भर्ना भएका थिए भने १३ गते कोरोना पुष्टि भएपछि भन्टीलेटरमा राखेर उपचार भइरहेकोमा आज मृत्यु भएको गुरुङले बताए । उनी निमोनियाबाट पीडित रहेका थिए । उनको मृत्युसगै युनिभर्सल शिक्षण अस्पतालमा कोरानाबाट हालसम्म ५ जनाको मृत्यु भएको छ । उक्त अस्पतालमा हाल ९ जना कोरोना संक्रमित बिरामी उपचारार्थ छन् । यसघि आज नै बुटवलको कोरोना विशेष अस्पतालमा पनि एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप