शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

मोटरसाईकल चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

बिहीबार, १५ असोज २०७७, १७ : ५७
बिहीबार, १५ असोज २०७७

दाङ । दाङ प्रहरीले मोटरसाईकल चोरी मुद्दामा फरार रहेका एकजना प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतको फैसलापछि फरार रहेका घोराही उपमहानगरपालिका वडा नं.१६ निवासी २२ वर्षीय अज्ञात पन्थीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन् ।

पन्थीलाई दाङ देउखुरी अदालतले २०७६ साल कार्तिक १९ गते मोटरसाईकल चोरी मुद्धामा एक महिना कैद र ३० हजार नगद जरिवानाको फैसला सुनाएको थियो ।फरार रहेका पन्थीलाई विहिवार दिउँसो घोराही उपमहानगरपालिका–१६ को सर्राबाट पक्राउ गरेको हो । पक्राउ परेका प्रतिवादीलाई  दाङ देउखुरी अदालतमा बुझाइएको प्रवक्ता खड्काले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप