प्रदेश ५ को राजधानी दाङ बनाउने प्रस्ताव प्रदेशसभामा प्रस्तुत, नाम लुम्बिनी
टवल । प्रदेश ५ को राजधानी दाङ बनाउने प्रस्ताव प्रदेश सभामा पेश भएको छ । आज बसेको बैठकमा प्रदेशका आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीले सो प्रस्ताव पेस गरेका हुन् ।
प्रदेश सरकारले बैठकमा राजधानी र नामांकरण निर्धारणसम्बन्धी कार्यविधि पेश गरेर सो प्रस्ताव अघि बढाउन लागेको हो ।
राजधानी हालकै बुटवलमा राख्ने कि दाङ भन्ने विषयमा सत्तारुढ नेकपामा विवाद रहेको थियो । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दाङको भालुवाङमा राजधानी राख्ने सहमति भएपछि सरकारले प्रस्ताव अघि बढाउन लागिएको एक नेताले रातोपाटीलाई बताए ।
विपक्षी दलले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । राजधानीका विषयमा विपक्षी सांसदहरु पनि विभाजित थिए । प्रदेश सरकारको तर्फबाट प्रस्तुत प्रस्ताव अनुसार दाङ राजधानी र नाम लुम्बिनी नामकारण गर्ने रहेको छ ।
राजधानी र नामाकरणका लागि दुई तिहाई मत चाहिन्छ । सो मत पूरा हुने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण