‘लाजको घुम्टी’मा रियल जोडी अमृत र संगीता
काठमाडौं । केही अगाडि ‘जहाजै चढेर’ बोलको गीत सार्वजनिक गरेर सबैको मनमा बास गर्न सफल गायक तथा संगीतकार अमृत क्षेत्रीको नयाँ गीत ‘लाजको घुम्टी’ सार्वजनिक भएको छ ।
भिडियो सहित सार्वजनिक गीतमा अम्बिका गुरुङको शब्द छ, भने संगीत गायक क्षेत्रीले दिएका छन् ।
भिडियोमा गायक क्षेत्री र उनकी जीवनसाथी संगीता क्षेत्रीको रोमान्स देख्न सकिन्छ । प्रेमकथा बुनिएको भिडियोमा दुबैको जोडी सुहाउँदो छ ।
गीतकार अम्बिका गुरुङको चाहाना अनुसार आफूहरु श्रीमान् श्रीमतीनै भिडियोमा देखिएको गायक क्षेत्रीले बताए ।
‘यस अगाडि हामीले ‘मगमग’ बोलको गीतमा एकसाथ अभिनय गरेका थियौ’ अमृतले भने, ‘त्यो पनि राम्रो भएको थियो । यो पनि राम्रो हुन्छ भन्ने बिश्वास छ ।’ एउटा मेमोरी पनि हुने र सुहाउने पनि भएकोले श्रीमान् श्रीमतीले नै भिडियो अभिनय गरेको क्षेत्रीको भनाइ रहेको छ ।
निकै मेलोडिएस शैलीमा तयार भएको यो गीत अमृतले केही बर्ष अगाडि रेकर्ड गराएका थिए । भिडियो भर्खर गरेर मात्र यसलाई बाहिर ल्याइएको हो । निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायाँकन र बिकास धमलाको सम्पादन रहेको छ । गीतले रोमान्टि प्रेमकथा व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण