बाँकेमा कोरोनाबाट सुत्केरीको मृत्यु
राँझा । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक सुत्केरीको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । भीमदत्त नगरपालिका २ महेन्द्रनगर कञ्चनपुर निवासी २९ वर्षीया सुत्केरीको आज उपचारकै क्रममा मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठकाअनुसार सेती अस्पताल धनगढीमा जुम्ल्याहा सन्तान जन्माएपछि उच्च रक्तश्रावका कारण पाठेघरको शल्यक्रिया गर्नाका साथै आठ पिन्ट होल रगत र चार पिन्ट प्लेटीलेस रगत दिँदा पनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा सिफारिस गरिएको थियो ।
सेती अस्पतालको प्रयोगशालामै यही असोज १४ गते गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएकोे सिफारिशपत्रमा उल्लेख छ । असोज १५ गते अपराह्न ४ बजे शिक्षण अस्पतालमा भर्ना हुँदा बिरामीको अवस्था जटिल र बेहोस रहेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।
बिरामीको अवस्थानुसार गरिनुपर्ने सबै प्रकारका उपचार गर्दा समेत अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा मृत्यु भएको उनले बताए । यससँगै बाँकेका अस्पतालमा बाहिरी जिल्लाबाट आएर उपचारका क्रममा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । बाँकेका मात्रै २० जनाको कोेरोना सङ्क्रमणका कारण मृत्यु भइसकेकोे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण