शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कर्णालीमा थप ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि

आइतबार, १८ असोज २०७७, २१ : ४६
आइतबार, १८ असोज २०७७

कोरोना सङ्क्रमित बढ्ने क्रमसँगै आज पनि कर्णालीमा ६१  व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यद्यपि आज २० जना मात्र कोरोना सङ्क्रमणमुक्त भएका छन् । 

कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको आरटी पिसिआर परीक्षणमा ५८ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा तीन   गरी ६१ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए  । 

अधिकृत कँडेलका अनुसार पछिल्लो २४ घण्टामा सुर्खेतमा कोरोना सङ्क्रमण पुष्टि हुनेमा कन्ट्याक्ट ट्रेसिङमा परेका ४८, एनसिसी बैंकका चार, विद्यार्थी दुई तथा आँखा अस्पताल, नेपाल टेलिकम, व्यापार र मजदूरी क्षेत्रका एकएक व्यक्ति छन् । दैलेखमा भने तीन नागरिकमा सङ्क्रमण देखिएको उउनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप