आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

ऐश्वर्या रायसँग तुलनाको विषयमा खुलेर बोलिन् स्नेहा उलाल, को माथि लगाइन् आरोप ?

सोमबार, १९ असोज २०७७, १० : १२
सोमबार, १९ असोज २०७७

सन् २००५ मा जब स्नेहा उलाले बलिउडमा कदम राखिन् तब उनी निकै छिटो चर्चित भइन् । यसको एउटा कारण उनको पहिलो फिल्ममा हिरो सलमान खान थिए भने अर्को कारण उनको अनुहार थियो । उनी कताकता ऐश्वर्या रायजस्तै देखिन्थिन् । अब १५ वर्षपछि स्नेहाले ऐश्वर्यासँग आफ्नो तुलनाको विषयमा खुलेर कुरा गरेकी छिन् । उनले थुप्रै वर्षपछि जीफाइभको शोबाट डिजिटल डेब्यू गरिसकेकी छिन् ।

स्नेहाले भनेकी छिन्, ‘म आफ्नो रङ्ग र अनुहारको बनावटसँग निकै सहज छु र कसैसँगको तुलनामा मलाई समस्या छैन ।’

यसका साथै स्नेहा भन्छिन्, ‘मलाई यसरी प्रस्तुत गर्नका लागि यो पिआर रणनीति थियो । त्यतिबेला मेरो तुलनामा अत्यधिक जोड दिइयो । अन्यथा, यो यति ठूलो कुरा हुँदैनथ्यो । ’

उनलाई लाग्छ कि युवावस्थामा उनले आफूलाई थप प्रशिक्षित गर्नका लागि समय दिनुपर्दथ्यो ।

उनी भन्छिन्, ‘मलाई आफ्नो जीवनसँग कुनै पछुतो छैन तर मलाई लाग्छ कि मैले आफ्नो अभिनय करियरको सुरुवात निकै छिटो गरेँ ।’

स्नेहाले भनिन्, ‘यदि मैले प्रतिक्षा गरेको भए सायद मैले आफूलाई अझै राम्रो तरिकाले प्रशिक्षित गर्न सक्थेँ वा कुनै पनि कुराको महत्वलाई राम्रोसँग बुझ्न सक्थेँ ।’

अब उनी १५ वर्षपछि जीफाइभको शो ‘एक्सपायरी डेट’ बाट डिजिटल डेब्यू गरिसकेकी छिन् ।

 यो एउटा जोडीको कहानी हो जसमा विवाहेत्तर सम्बन्ध देखाइएको छ ।

स्नेहाले भनिन्, ‘म सुटिङ सुरु हुनुअघि निकै डराएकी थिएँ किनभने म लामो समयपछि अभिनय गरिरहेको थिएँ र यो मेरो लागि एउटा नयाँ माध्यम हो । तर जब म सेटमा पुगेँ तब ती सबै डर गायब भए । मैले आफूले सक्दो राम्रो गर्ने  कोसिस गरेँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप