आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

रिया चक्रवर्तीले ३० दिनपछि पाइन् जमानत, भाइ शौविकको याचिका खारेज

बुधबार, २१ असोज २०७७, १३ : ५३
बुधबार, २१ असोज २०७७

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या मामिलामा रिया चक्रवर्तीले बम्बे उच्च अदालतबाट बुधबार जमानत पाएकी छिन् ।

यद्यपि, अदालतले उनका भाइ शौविक चक्रवर्तीको जमानत याचिका खारेज गरेको छ ।

रियाले अदालतलाई एक लाख जमानती शुल्क बुझाएकी छिन् । यसअघि मंगलबार एक विशेष अदालतले नारकोटिक्स एण्ड साइकोट्रोपिक सब्सटेन्स एक्ट अन्तर्गत मंगलबार रियाको न्यायिक हिरासत २० अक्टोबरसम्म बढाएको थियो ।

जमानतका लागि राखियो शर्तः

रियाले जेलबाट रिहा भएपछि पासपोर्ट बुझाउनुपर्नेछ । उनी कसैको अनुमति बिना विदेश यात्रामा जान पाउने छैनन् । यदि उनी मुम्बई बाहिर जानुपर्ने भए उनले सबैभन्दा पहिले अधिकारीलाई यसबारे जानकारी दिनुपर्नेछ । साथै, पुलिस चौकीमा १० दिनको अन्तरालमा आफ्नो हाजिरी दर्ता गराउनुपर्नेछ ।

एक महिनादेखि जेलमा बन्द रियाले लोअर कोर्टबाट दुईपटक याचिका खारेज भएपछि हाईकोर्टमा अपिल गरेकी थिइन् ।

अब्दुल बासितको जमानत याचिका खारेजः

सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धानको सिलसिलामा सार्वजनिक भएको ड्रग कनेक्सनमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले ८ सेप्टेम्बरमा रियालाई पक्राउ गरेको थियो । उनलाई भायखाल जेलमा राखिएको थियो । जेल प्रशासनले बेलको अर्डर पाउने बित्तिकै उनलाई जेलबाट रिहा गरिने छ ।

यस्तै स्याम्युल मिरान्डा र दिवेश सावन्तलाई पनि बम्बे हाइकोर्टले जमानत दिएको छ । जबकी अब्दुल बासितको जमानत याचिका खारेज गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप