के ६७ वर्षका ‘भजन सम्राट’ भनिने अनूप जलोटाले गरे ३० वर्षीया मोडल जसलीनसँग विवाह ? फोटो भाइरल
भारतमा भजन सम्राट भनिने अनुप जलोटा र मोडल–नायिका जसलीन मथारुका केही तस्बिर सोसल मिडियामा भाइरल भइरहेका छन् । यी तस्बिरमा अनुप शेरवानीमा सजिएका छन् भने जसलीन मथारु पनि दुलहीको रुपमा सजिएकी छिन् । दुबै बेहुला–बेहुलीको पहिरनमा छन् । तस्बिर हेर्दा यस्तो लाग्छ कि यसलाई घरभित्रै खिचिएको छ ।
यद्यपि, तस्बिर हेर्दा जसलिनले अनूपसँग विवाह गरेको नै हो भनेर यकिन भने हुँदैन तरपनि यी दुईको यो फोटोले सोसल मिडियामा निकै चर्चा भने कमाइरहेका छन् ।
ती तस्बिर जसलिनले नै आफ्नो इन्स्टाग्राममा सेयर गरेकी हुन् । तर तस्बिर सेयर गर्ने बेला उनले कुनै क्याप्सन भने लेखेकी छैनन् ।
स्मरण रहोस् टिभीको सबैभन्दा विवादास्पद शो बिग बस सिजन १२ मा प्रतिस्पर्धी रहेका अनूप जलोटा र जसलिन मथारुको त्यतिबेला निकै चर्चा भएको थियो । यी दुई पार्टनरको रुपमा कार्यक्रममा आएका थिए र दुबैको प्रेमको कथा निकै चर्चामा आएको थियो ।
यद्यपि, कार्यक्रमबाट बाहिरिएपछि उनीहरुले आफूहरु कुनै पनि प्रकारको सम्बन्धमा नरहेको बताएका थिए । दुबैले आफूहरुबीच गुरु र शिष्यको मात्र सम्बन्ध रहेको बताएका छन् ।
भाइरल भइरहेको तस्बिरमा अनूप र जसलिनको तर्फबाट अहिलेसम्म कुनै स्पष्टिकरण आएको छैन । तसर्थ, दुबैले साँच्चैको विवाह गरेका हुन् वा यो ‘सस्तो पब्लिसिटी स्टन्ट’ हो, यकिन हुन सकेको छैन ।
अनूप जलोटाले तीन विवाह गरेका छन् । उनकी जेठी श्रीमतीको नाम सोनाली सेठ थियो । उनी पनि व्यावसायिक रुपमा गायिका थिइन् । दुबैले सँगै थुप्रै प्रस्तुती पनि दिएका थिए । उनीहरुले अनूपको परिवारको सहमति बिना विवाह गरेका थिए । पछि उनीहरुको सम्बन्धविच्छेद भएको थियो ।
बिना भाटियासँग अनूपले दोस्रो विवाह गरेका थिए । तर यो सम्बन्ध पनि लामो समयसम्म टिक्न सकेन । त्यसपछि अनूपले तेस्रो विवाह मेघा गुजरालसँग गरे । मेघा निर्देशक शेखर कपूरकी जेठी श्रीमती र पूर्व पीएम आईका गुजरालकी भाञ्जी थिइन् । अनूपले इजराइली मोडल रिना गोलनलाई डेट गरिसकेको पनि खबर छ । रिनाले एउटा किताब लेखेकी थिइन् ‘डियर मिस्टर बलिउड’ । यसमा उनले अनूप जलोटासँग भेटघाट र सम्बन्धबारे बयान गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धले तेल बजारमा 'ओपेक प्लस'को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
-
सचिवको एसएमएसमाथि प्रधानमन्त्रीको 'मजाक'लाई मन्त्री र सांसदको साथ
-
रास्वपा केन्द्रीय कार्यालयमा प्रदर्शन
-
जब फ्रान्सले जित्न सिक्यो
-
इरान वार्ताबारे अमेरिकी अधिकारीमाथि इजरायलले जासुसी गरेको आशङ्का
-
विश्वकप सुरु हुनुअघि मेक्सिको सिटीमा मानव लहरको विश्व कीर्तिमान प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण