तुल्सीपुर उपमहानगरपालिका–१३ का वडा अध्यक्षको निधन
शुक्रबार, २३ असोज २०७७, १४ : १२
बुटवल । दाङको तुल्सीपुर उपमहानगरपालिका १३ का वडाध्यक्ष डम्बरबहादुर न्यौपानेको आज बिहान निधन भएको छ । ६५ वर्षीय न्यौपानेको बिहान १० बजे राप्ती प्रादेशिक अस्पताल तुल्सीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनलाई निमोनिया भएको आशंकामा अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको छोरा पोषण न्यौपानेले जानकारी दिए ।
उनलाई विगत केही दिनदेखि समान्य खोकी लागेको थियो । स्थानीय अस्पतालमा केही दिनअघि खोकीको उपचार पनि गरेर घर फर्किएका उनी घरमै आराम गर्दै आएका थिए । आज बिहान अलि अप्ठेरो हुन थालेको बताएपछि गाडीमा राखेर तुल्सीपुर ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो । वडाध्यक्ष न्यौपाने २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसबाट विजयी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका प्रधानन्यायाधीश शर्मालाई सर्वोच्च अदालतमा स्वागत
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण