बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना सङ्क्रमितलाई हाइजेनिक किट्स वितरण

शनिबार, २४ असोज २०७७, १० : ०८
शनिबार, २४ असोज २०७७

कैलालीको टीकापुरमा आइसोलेशनमा बसिरहेका कोरोना सङ्क्रमितलाई टीकापुर नगरपालिकाले हाइजेनिक किट्स वितरण गरेको छ । नगरपालिकाले टीकापुरको सिटीहल र टीकापुर अस्पतालमा रहेको कोरोना सङ्क्रमितलाई हाइजेनिक किट्स वितरण गरेको हो । 

निड्स नेपाल कञ्चनपुरको सहयोगमा ४६ जनालाई किट्स वितरण गरिएको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए । 

यस्तै नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाको सहयोगमा १५ जनालाई हर्लिक्स पनि वितरण गरिएको छ । आइसोलेशनमा रहेका महिला र बालबालिका गरी १५ जनालाई आधा किलोको दरमा हर्लिक्स वितरण गरिएको हो । 

टीकापुर नगरपालिकाका सङ्क्रमितको सङ्ख्या २०२ पुगेको छ । ५५ जना कोरोना सङ्क्रमण निको भएर घर फर्किएका छन् भने टीकापुरमा सक्रीय सङ्क्रमितको सङ्ख्या ४७ रहेको छ । सङ्क्रमितमा पनि २८ जना अस्पतालको आइसोलेशनमा र १९ जना सेल्फ आइसोलेशनमा बसेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप