कोरोना सङ्क्रमितलाई हाइजेनिक किट्स वितरण
कैलालीको टीकापुरमा आइसोलेशनमा बसिरहेका कोरोना सङ्क्रमितलाई टीकापुर नगरपालिकाले हाइजेनिक किट्स वितरण गरेको छ । नगरपालिकाले टीकापुरको सिटीहल र टीकापुर अस्पतालमा रहेको कोरोना सङ्क्रमितलाई हाइजेनिक किट्स वितरण गरेको हो ।
निड्स नेपाल कञ्चनपुरको सहयोगमा ४६ जनालाई किट्स वितरण गरिएको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए ।
यस्तै नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाको सहयोगमा १५ जनालाई हर्लिक्स पनि वितरण गरिएको छ । आइसोलेशनमा रहेका महिला र बालबालिका गरी १५ जनालाई आधा किलोको दरमा हर्लिक्स वितरण गरिएको हो ।
टीकापुर नगरपालिकाका सङ्क्रमितको सङ्ख्या २०२ पुगेको छ । ५५ जना कोरोना सङ्क्रमण निको भएर घर फर्किएका छन् भने टीकापुरमा सक्रीय सङ्क्रमितको सङ्ख्या ४७ रहेको छ । सङ्क्रमितमा पनि २८ जना अस्पतालको आइसोलेशनमा र १९ जना सेल्फ आइसोलेशनमा बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण