आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

भारतमा सिनेमा हल खुल्दै, मोदीको फिल्म पहिले देखाइने

आइतबार, २५ असोज २०७७, १२ : ५६
आइतबार, २५ असोज २०७७

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित फिल्म ‘पिएम नरेन्द्र मोदी’ फेरि रिलिज हुँदैछ । लकडाउनपछि १५ अक्टुबरदेखि भारतका सिनेमा घरहरु खुल्दैछन् र त्यहाँ रिलिज हुने यो पहिलो फिल्म हुनेछ । 
यो फिल्म अघिल्लो वर्ष मेइमा रिलिज भएको थियो । यसमा विवके ओबराय मोदीको भूमिकामा छन् । फिल्म समीक्षक एवं फिल्म व्यापार विश्लेषक तरण आदर्शले शनिबार सामाजिक सञ्जालमार्फत फिल्म दोस्रोपटक रिलिज हुने समाचारको पुष्टि गरेका छन् । 

उनले ट्वीट गरेका छन्, ‘पिएम नरेन्द्र मोदी आगामी साता सिनेमाघरहरुमा फेरि रिलिज हुनेछ ।’ फिल्मको आधिकारित पोस्टरमा फेरि फिल्म रिलिज गरिने उल्लेख छ । आदर्शले शेयर गरेको नयाँ पोस्टरमा विवेक ओबराय ठ्याक्कै मोदीजस्तै देखिएका छन् । 

गत वर्ष मेई २४ मा यो फिल्म रिलिज भएको थियो । फिल्ममा बोमन ईरानी, मनोज जोशी, बरखा विष्ट, प्रशान्त नारायण र जरिना वहावको पनि अभिनय छ । सन्दिप सिंह, सुरेश ओबराय र आनन्द पण्डितद्वारा निर्मित यस फिल्ममा मोदीको राजनीतिक यात्रा देखाइएको छ । यस बायोपिकको निर्देशन ओमंग कुमारले गरेका हु्न् । 

अघिल्लो वर्ष लोकसभा चुनावअघि यो फिल्म रिलिज गरिने तय थियो, तर आचार संहिताका कारण फिल्म प्रदर्शनमा रोक लगाइयो । यसपछि यो फिल्मले २४ मेईमा रिलिज भयो । तर बक्स अफिसमा राम्रो व्यापार गरेन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप