काँग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त
आइतबार, २५ असोज २०७७, १३ : ५६
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन) का संस्थापक अध्यक्ष एवं नेपाल इञ्जिनियर्स एसोशिएसनका पूर्वअध्यक्ष प्राई सरोज देवकोटाको निधनप्रति दुःख व्यक्त गरेका छन् । काँग्रेसका महासमिति सदस्यसमेत रहेका उनको आज निधन भएको हो ।
सभापति देउवाले एक शोक विज्ञप्तिमार्फत देवकोटाको निधनको खबरले आफूलाई दुखित बनाएको उल्लेख गर्दै उनको आत्माको चीरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । नेपालमा प्राविधिक शिक्षा विस्तार र सूचना प्रविधिको नीति निर्माणमा देवकोटाले उल्लेखनीय योगदान पुर्याएका थिए । उनको निधनबाट नेपालको इञ्जिनीयरिङ क्षेत्रमा अपूरणीय क्षति पुगेको काँग्रेसले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण