प्रदेश २ को अनुसन्धान ब्युरो स्थापनासम्बन्धी विधेयक पारित
आइतबार, २५ असोज २०७७, २२ : २८

धनुषा । प्रदेश नं २ प्रदेशसभा बैठकले अनुसन्धान ब्युरोको स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेशभित्र भएका वा हुन सक्ने अपराध वा अपराधजन्य जानकारी वा सूचना सङ्कलन गर्ने, गराउने ब्युरोको प्रमुख कार्य हुने जानकारी दिए ।
ब्युरोले प्रदेशभित्रको शान्तिसुरक्षा र सुव्यवस्था, आर्थिक हित र विकास, औद्योगिकीकरण, व्यापारव्यवसाय प्रवद्र्धनलाई प्रतिकूल असर पार्ने वा पार्न सक्ने सूचना वा जानकारी पनि सङ्कलन गर्नेछ । ब्युरोले आफ्नो कर्तव्य पालनाका सिलसिलामा नेपालको सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षा प्रतिकूल हुने वा खलल पार्ने वा पार्न सक्ने प्रकृतिका सूचना वा जानकारी प्राप्त भएमा सोको जानकारी सङ्घीय सरकारलाई समेत दिने विधेयकमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ बुधबारको लागि विदेशी मुद्राको विनिमय दर
-
अहमदाबाद विमान दुर्घटनाः १ सय २४ जनाको शव परिवारलाई बुझाइयो
-
रामघाट सुर्खेतमा व्यावसायिक लिची खेती आकर्षण
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित