सप्तरीका प्रदेश सभासदस्य सहित २७ जनामा कोरोना संक्रमण
सप्तरीका प्रदेश सभा सदस्य अभिषेक यादवसहित नयाँ २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
प्रदेशसभा सदस्य यादवले सामाजिक सञ्जालमा सङ्क्रमण पुष्टि भएको जानकारी दिदै सम्पर्कमा रहेकाहरुलाई पिसीआर परीक्षण गर्न आग्रह गरेका छन् ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले समेत पुष्टि गरेका छन् । कोरोना सङ्क्रमित यादवले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।
प्रदेशसभा सदस्य यादवसहित जिल्लामा नयाँ २७ जनामा कोरोना सङ्क्रमित देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
रुपनी गाउँपालिका एक जनप्रतिनिधि र ३ जनासहित रुपनी गाउँपालिकाका ११ जना, राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका ४ जना कर्मचारीसहित राजविराजका ९ जना सङ्क्रमित भएका छन् ।
यस्तै तिलाठी कोइलाडी गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीका छोरा, श्रीमती र आमा, राजविराजमा कार्यरत सिरहाका ३० वर्षीय चिकित्सक र ३५ वर्षीय नर्स तथा शम्भुनाथ नगरपालिका–६ का एक जना पुरुष सङ्क्रमित भएका स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीमा पाँच दिन अघि सङ्क्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा हालसम्म १ हजार ४०१ जना कोरोना सङ्क्रमित भएकोमा १ हजार ११२ जना निको भएका छन् । मृत्यु हुनेमा ३ महिलासहित २१ जना छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण