हत्याका तीन आरोपित १६ दिनपछि पक्राउ
सप्तरीको तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी ५० वर्षीया दाइमनदेवी यादवको हत्याका तीन आरोपित १६ दिनपछि सोमबार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तिरहुत गाउँपालिका–२ का २१ वर्षीय अजयकुमार यादव, ५२ वर्षीय राधे भनिने ओमप्रकाश यादव र कञ्चनरुप नगरपालिका–११ ठेलियाका ५५ वर्षीय बमबहादुर साह रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
घरमा एक्लै बस्ने गरेकी शिक्षक शिवनारायण यादवकी श्रीमती दाइमनदेवीको यही असोज १० गते हत्या भएको थियो । पक्राउ परेकामध्ये साहले ती महिलालाई भुइँमा लडाएर डोरीले घाँटीमा कसी हत्या गरेको खुल्न आएको प्रदेश नं २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए ।
“बाँकी दुई जनाले बाहिर कोही आउँदैछ कि भनेर पहरा दिएको देखिएको छ”, उनले भने, “उनीहरुले गरेको अपराध स्वीकार गरेका छन् । घटना बारे थप अनुसन्धान भइरहेको छ ।”
प्रहरीका अनुसार मृतक महिलाकी देउरानीसँग प्रतिवादी ओमप्रकाश यादवको अनैतिक सम्बन्ध रहेको र सो कुरा दाइमन देवीले थाहा पाउँदा ओमप्रकाशले रिसइबी साँधेर उनको हत्याको योजना बनाएको खुल्न आएको छ । अर्का प्रतिवादी अजय यादव र मृतकबीच जग्गा विवाद देखिएको छ । मृतकको दुई बिघा जग्गा अजय यादवको बुबाले २०४७ सालदेखि जोतभोग गर्दै आएकोमा विवादका कारण बाली नबुझाएको देखिएको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रतिवादी बमबादुर साह विगतमा मधेश मुक्ति टाइगर्स भन्ने सशस्त्र समूहमा संलग्न रही शिक्षक रामनारायण साहको हत्या गरेको अभियोगमा आठ वर्ष जेल सजाय भुक्तान गरी दुई वर्षअघि छुटेका थिए । साहलाई ओमप्रकाश यादव र अजय यादवले हत्यामा संलग्न गराएको समेत देखिएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण