एक युवकमा कोरोना देखिएपछि वडा एक हप्ताका लागि सिल
साकेला गाउँपालिका–२ रतन्छाका एक युवकमा कोरोना सङ्क्रमण देखिएपछि उक्त वडालाई एक हप्ताका लागि सिल गरिएको छ ।
काठमाडौँबाट आएका युवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि उक्त वडालाई आगामी कात्तिक ३ गतेसम्मका लागि सिल गरिएको हो । घरपरिवार, छिमेकी, टोल, वडा र गाउँपालिकाका स्थानीयवासीलाई सम्भावित सङ्क्रमण हुनबाट बचाउन सिल गरिएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
स्वदेशका विभिन्न ठाउँबाट आएका तथा विदेशबाट आएका २० जनाको स्वाब सङ्कलन गरेर परीक्षणमा पठाइएकामा एक जनाको रिपोर्ट पोजिटिभ देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन मगरले जारी गरेको सूचनामा उल्लेख छ ।
पिसीआर परीक्षणका लागि उनीहरुको स्वाब असोज २० गते सङ्कलन गरेर बिराटनगर पठाइएको थियो । वडामा कोरोना भाइरसको सङ्क्रमित भेटिएपछि गाउँपालिकाबाट प्रवाह हुने अतिआवश्यकबाहेकका अन्य सेवासमेत बन्द गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले जानकारी दिए ।
यस अवधिमा गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङ आसपासमा सञ्चालनमा रहेका होटल तथा पसल, बैंक तथा वित्तीय संस्था, साना तथा ठूला सवारी साधन बन्द गरिएको गाउँपालिकाले जनाएको छ । साकेला गाउँपालिकामा यसअघि एक जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यससँगै दश स्थानीय तह रहेको जिल्लामा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या ३१ पुगेको छ । सङक्रमितमध्ये २१ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने १० जना उपचारमा रहेका छन् ।
दुई नगरपालिका आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सबैभन्दा बढी सङ्क्रमित भेटिएका छन् । उक्त नगरपालिकाबाट पिसीआर परीक्षणमा पठाइएकामध्ये १६ जनालाई सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा शैलेस श्रेष्ठले बताए ।
हलेसी तुवाचुङ नगरपालिका र खोटेहाङ गाउँपालिकामा चार÷चार, जन्तेढुङ्गा गाउँपालिकाका दुई, दिप्रुङ चुइचुम्मा, ऐसेलुखर्क, र बराहपोखरी गाउँपालिकाका एक÷एक जनालाई सङ्क्रमण पुष्टि भएको छ ।
केपिलासगढी गाउँपालिका र रावाबेँसी गाउँपालिकामा हालसम्म सङ्क्रमित फेला परेका छैनन् । केपिलासगढी गाउँपालिकाका ३५ र रावाबेँसी गाउँपालिकाका ६५ जनाको पिसीआर परीक्षण गरिसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण