रुपन्देहीमा नगरपालिकाको स्कुटी जलाउने ४ जना विरुद्ध मुद्दा
बुटवल । केही दिनअघि प्रदेश राजधानीको विषयलाई लिएर विरोध प्रदर्शन गर्दै सरकारी स्कुटी जलाउने कार्यमा संलग्न भनिएका ४ जना युवकविरुद्ध प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ । प्रहरीले बुटवल–११ बुद्धनगरका २५ वर्षीय भेषराज पोख्रेल, देवीनगर बस्ने ३५ वर्षका रोशन थापा, तिलोत्तमा नगरपालिका २ बस्ने २८ वर्षीय सन्दिप पाण्डेय र गुल्मीको मालिका गाउँपालिका–८ घर भई बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा पढ्ने ३० वर्षका सुरज क्षेत्रीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको हो ।
उनीहरुमाथि रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ प २४७० नम्बरको स्कुटर जलाई अपराधिक उपद्रो गरेको अभियोगमा कारबाही अघि बढाइएको प्रहरीको भनाई छ । उनीहरुले गत असोज १६ गते बुटवल–११ देवीनगरको होराईजन चोकमा सरकारी स्कुटी जलाएका थिए । उनीहरुलाई अपराधिक उपद्रवको मुद्दा दर्ता गरी कानुनी दायरामा ल्याई अनुसान्धान सुरु गरिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवत्ता डिएसपी खड्गबहादुर खत्रीले बताए ।
यसैबीच, प्रहरीको स्कुटर रोकी धाकधम्की दिने अन्य २ जना युवालाई पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
-यसअघि समाचारमा कानुनी प्रक्रिया अघि बढाइएको हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण