६७ वर्षीय महिलाको हत्या गरेको अभियोगमा ३ जना पक्राउ
शुक्रबार, ३० असोज २०७७, २३ : ०६
सिन्धुपाल्चोक । प्रहरीले ज्यान मारेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । चौतारा साँगाचोकगढी ३ भलायोखर्ककी ६७ वर्षीय डम्बरकुमारी कटुवाललाई मारेको अभियोगमा प्रहरीले शुक्रबार तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी नायव निरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
प्रहरीले ललितपुर महानगरपालिका ८ बालकुमारी बस्ने १९ वर्षीय ज्यास्मिन व्यञ्जनकार, १९ वर्षीय शीतल महर्जन र धादिङ थाक्रे गाँउपालिका १० केवलपुर स्थायी घर भई ललितपुर महानगरपालिका ८ बालकुमारीमा कोठा बस्ने वर्ष १९ को सौरभ क्षेत्रीलाई पक्राउ गरेको हो । कटुवालको शव यही असोज २६ गते उनकै निवासमा फेला परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण