रौतहटमा ८ सय बढी प्रहरी परिचालन हुने
रौतहट । रौतहटमा बडादशैं, तिहार–दिपावली तथा छठपर्वमा यात्रुु तथा भक्तजनको सुरक्षाका लागि ड्रोनसहित ८ सयभन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । एसपी सिद्धिविक्रम साहकाअनुसार चाडपर्वमा कुनै पनि अप्रिय घटना नहोस् भनेर सो संख्यामा प्रहरी परिचालन गर्न लागिएको हो ।
रातोपाटीसँग कुरा गर्दै एसपी साहले चाडपर्वमा कुनै पनि अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी कूल ८ सय ४५ जवान परिचालन गर्न लागिएको बताए । जिल्लाको शान्तिसुरक्षा सुुदृढ बनाउन एकिकृत योजना बनाई नेपाल प्रहरी र सशस्त्रलाई मोबाईल गाडी तथा मोटरसाईकलमा परिचालन गर्ने उनको भनाई छ ।
शान्ति–सुरक्षालाई थप प्रभावकारी बनाउन संयुक्त तथा एकल प्रहरी परिचालन गरिने साहले बताए । चाडपर्वमा बिशेष रुपले सुरक्षा प्रदान गर्न प्रदेश २ बाट थप ५० जना प्रहरीको टोली रौतहट आएको एसपी साहले जानकारी दिए । त्यसैगरी चाडपर्वमा सचेतनाका लागी जिल्ला प्रहरी कार्यालय मार्फत जिंगल तयार गरी जिल्लाका सबै एफएम रेडियो र सबै दुर्गापुजा स्थलमा माईक बाट प्रशारण गराइरहेको उनले बताए ।
विगतका वर्षहरुमा राजमार्गमा यात्रुुबाहक रात्रीबस तथा अन्य सवारी साधनमा हुने गरेको लुटपाटको घटनालाई मध्यनजर गर्दै यो वर्ष घटना दोहरिन नदिन विषेश सुरक्षा टिम परिचालन गरिएको साहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण