दलित युवा निरञ्जन रामको हत्याका मुख्य आरोपी पक्राउ
रौतहट । रौतहटका निरञ्जन रामको हत्याका मुख्य आरोपी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गरुडा नगरपालिका–८, जिंगडिया निवासी निरञ्जनको हत्याका मुख्य आरोपी सोही ठाउँका राजगीर साह बनियाँलाई प्रहरीले पक्राउ गरेको हो ।
हत्यापछि फरार रहेका बानियाँलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले बिहीबार पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं डिएसपी रवि रावलले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भईरहेको उनको भनाइ छ ।
पक्राउ परेका साहले सुपारी दिएर निरञ्जनको हत्या गराएको पीडित परिवारको दावी छ । गत साउन ३१ गते राति गाउँभन्दा केही पर दलित समुदायका २० वर्षीय निरञ्जन रामको धारिलो हतियारले घाँटी रेटी हत्या भएको थियो ।
उक्त घटनामा संलग्न रहेको आरोपमा ७ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये विजय महरा प्रहरी हिरासतमै बिरामी परेपछि उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा पठाइएकोमा भदौ १० गते राति उनको मृत्यु भएको थियो । उनको मृत्युपछि दलित समुदायले प्रहरीविरुद्ध आन्दोलन थालेका थिए ।
प्रहरीको चरम यातनाका कारण महराको मृत्यु भएको भन्दै आफन्तले लामो समयसम्म विरोध प्रदर्शन गरेका थिए । लगत्तै गृह मन्त्रालयद्वारा उपसचिवको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन टोलीले रौतहटका तत्कालीन एसपी रविराज खड्का र गरुडाका प्रहरी प्रमुख एवं डिएसपी ज्ञानकुमार महतोलाई कारबाही गर्न सिफारिस गरेको थियो भने प्रहरी निरीक्षक नविनकुमार सिंह, सई विरेन्द्र यादव सहित ८ जना निलम्बनमा परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण