नेपाली परिकारलाई विश्वमा चिनाउँदै सन्तोष शाह
लन्डन । बेलायत भित्रिएको एक दशकभित्र निकै संघर्ष र सफलताका उतारचढावलाई झेलेका छन् सन्तोष शाहले । ६ वर्षको उमेरमै पिताको स्नेहबाट बञ्चित भएका शाहले घर धान्नका सानैदेखि मजदुरी गर्न थाले । पूर्वी तराईको सिरहा कर्जन्हवा निवासी सन्तोष घरखर्च धान्नका लागि भारतको गुजरातसम्म पुगे ।
‘किचन पोर्टर’ बाट रोजगारी थालेका शाहले दश वर्षभन्दा कम अवधिमा ‘इन्सटिच्यूट अफ क्याटरिंग एण्ड होटल म्यानेजमेन्ट’बाट ‘डिप्लोमा इन होटल एण्ड क्याटरिंग म्यानेजमेन्ट’ कोर्समात्र गरेनन्, भारतीय कम्पनीमा करिब ८० कामदारको हेडसमेत बन्न पुगे ।
सन् २०१० अन्त्यतिर ‘वर्क पर्मिट’मा लन्डन उत्रिएपछि शुरुका केही वर्ष उनले प्रतिष्ठित इन्डियन रेष्टुरेन्ट तथा होटलमा काम गरे । त्यसपछि उनी सेलिब्रेटी सेफ अतुल कोचरद्वारा सञ्चालित प्रतिष्ठित ‘बनारस’ रेष्टुरेन्टमा पुगे । फ्रेन्च कुजिइनका ‘गडफादर’ मानिने रेमण्ड ब्लांक (ओबिइ) को रेष्टुरेन्टमै उनलाई अवसर मिल्यो । एक वर्ष त्यहाँ काम गरेपछि सन्तोष इन्डियन कुजिइनको अर्को प्रतिष्ठित कम्पनी ‘सिनामन’ ग्रुपमा आवद्ध भए । त्यहाँ सेलिब्रेटी सेफ विवेक सिंहका साथ तीन वर्ष उनी हेडसेफको जिम्मेवारीमा रहे ।
त्यसपछि उनको अर्को यात्रा शुरु भयो पाँच तारे होटल ललितबाट । जहाँ उनले शुरुमै एक्जुकेटिभ सेफको जिम्मा पाए । अहिले उनी संयुक्त अधिराज्यस्थित प्रतिष्ठित होटलमा उच्च तहको सेफका रुपमा कार्यरत छन् । यहाँ निकै प्रतिष्ठित मानिने ‘मिसिलिन स्टार’ प्राप्त कम्पनीहरुमा एक्जुकेटिभ सेफसम्मको उच्च पोजिसिनमा पुगेका छन् उनी ।
सन्तोषले आफूलाई यतिमा मात्र सीमित राखेनन् । करिब दुई दशक भारतीय कुइजिनमा काम गरे पनि अहिले नेपाली खानालाई विश्वसामू पु¥याउने लक्ष्य लिएर उनी अघि बढेका छन् । नेपाली खाना ओझेलमा परेको भन्दै उनले यसलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने अभियान थालेका हुन् ।
उनी अहिले बीबीसीबाट प्रसारण हुने हस्पिटालिटी क्षेत्रमा विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ मा नेपाली खाना लिएर गएका छन् । यति ठूलो प्रतियोगितामा नेपाली खानाको प्रतिनिधित्व भएको यो नै पहिलो पटक हो ।
नेपाली खानामात्र होइन, नेपाली सेफहरु पनि यस प्रतियोगितामा सहाभागी भएको सम्भवतः यो नै पहिलो अवसर हो । उक्त प्रतियोगितामा नेपालका विभिन्न प्रकारका खानालाई विश्वभरका लाखौँ मानिसहरुलाई परिचित गराएर अन्तर्राष्ट्रिय रुपमा अघि बढाउने उनको लक्ष्य छ । इण्डियन कुइजिनबाट वर्षौंदेखि संगालेको अनुभवका आधारमा नेपाली खानालाई अघि बढाउने उनले बताए । नेपाली कुइजिनबाट ‘मिसिलिन स्टार’ प्राप्त गर्ने पहिलो नेपाली सेफ बन्ने सपना बोकेर उनि अघि बढेका छन् । ‘मिसिलिन स्टार’ भनेको विश्वका गुणस्तरीय र राम्रो खानेकुराको उत्कृष्ट सेवा पु¥याउने रेष्टुरेन्टलाई दिइने विशेष सम्मान तथा पहिचान हो ।
सन् २०१९ सम्मको तथ्यांक अनुसार बेलायतमा हाल १७५ जना मिसिलिन स्टार, १५९ जना वान मिसिलिन स्टार, २३ जना टु मिसिलिन स्टार र ५ जना थ्री मिसिलिन स्टार सेफ छन् । विश्व प्रतिष्ठित टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ मा सन्तोषले नेपाली परिकारलाई प्रत्यक्ष रुपमा पकाएर खुवाउने छन्, जुन विश्वभरका लाखौँ दर्शकले बीबीसीको च्यानलमार्फत अवलोकन गर्नेछन् । नेपाली खानालाई विश्वमा चिनाउने र यसमा सफलता प्राप्त गर्नेमा सन्तोष विश्वस्त छन् । कोरोनाका कारण सो प्रतियोगिताको प्रसारण मिति तय नभए पनि चाँडै नै शुरु हुने सन्तोषले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण