परीक्षण र उपचार निरन्तर निःशुल्क : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड–१९ विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै प्रदेशमा निःशुल्क परीक्षण र उपचार निरन्तर हुने जनाएका छन् ।
दशैँको टीकाका लागि जन्मथलो डोटीको केआइसिंह गाउँपालिका–६ फलेडी आएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लाड्नुपर्ने बताएका हुन्। कोरोना रोगबाट बच्न सम्पूर्ण नागरिकले घरैमा सुरक्षित बस्नुपर्ने तथा बिनाकाम घर बाहिर ननिस्किन समेत उनले आग्रह गरे ।
मुख्यमन्त्री भट्टले कोरोना जोखिमबाट सबै नागरिक सजग भएर हिँड्नु पर्ने धारणा राख्दै भने “कोरोना जाँच र उपचार निःशुल्क गर्दै आएका छौँ तर नागरिकले पनि कोरोना जोखिमबाट बच्न सावधानी अपनाउनु पर्ने हुन्छ ।”
आजै मुख्यमन्त्री भट्टले प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराई, सशस्त्र प्रहरी बलको ३६ नम्बर गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक भरत खानियाँ, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लसँग मुख्यमन्त्री सम्पर्क कार्यालय दिपायल राजपुरमा भेटी कोरोना नियन्त्रण तथा रोकथामका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य तथा जिल्लाको शान्ति सुरक्षामा कमी हुन नदिन निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण