बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ हजार नाघ्यो
लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड १९) का कारण ज्यान गुमाउनेको संख्या शुक्रबार साँझसम्म ४६ हजार नाघेको छ । शुक्रबार सार्वजनिक तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा थप २७४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै बेलायतमा हालसम्म ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ४६ हजार २२९ पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी दिएको छ । मृत्यु हुनेमा पछिल्लो २८ दिनभित्र कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरु रहेका छन् ।
यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट थप २४ हजार ४०५ जना नयाँ संक्रमित पुष्टि भएको छ । करिब २४ घन्टामा ३ लाख ४४८ हजारमा गरिएको परीक्षणमा २४ हजार भन्दा बढी संक्रमित फेला परेका हुन् । यससँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमित हुनको संख्या ९ लाख ८९ हजार ७४५ पुगेको छ ।
कोरोनाको संक्रमण बढेसँगै अस्पताल भर्ना हुनेको संख्या पनि दैनिक रुपमा बढ्दै गैरहेको छ । पछिल्लो २४ घन्टामा एक हजार ४८९ जना कोरोना संक्रमितहरु अस्पताल भर्ना भएका छन् । हाल ९७५ जना कोरोना संक्रमितलाई भेन्टिलेटर बेडमा उपचारार्थ राखिएको छ भने १० हजार ७०८ जना कोरोना संक्रमितको अस्पतालमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण